४ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटीको तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ४/८ गोर्खा राइफल्सले सेमिफाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा ४/८ गोर्खा राइफल्सले कुमार स्पोर्टिंग क्लब, गान्तोकलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सरत कार्की र समीर तामाङले गोल गरे। यसरी कुमार स्पोर्टिंग क्लबबाट ओर्सदा लेप्चाले गोल गरे। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।