गोर्खा भूतपूर्व सैनिक अर्ध सैनिक संगठन सिलगढी डिभिजनका शहीदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम  

सिलगढी:  ‘मणिपुरमा हालैमा भएको पैह्रोमा परि हाम्रा जातिका धेरै सैनिकहरुले ज्यान गुमाए तर कुनै राष्ट्रिय च्यानलले प्रसारण नगरेकोमा हामी मर्माहत बनेको छौं,’ गोर्खा भूतपूर्व सैनिक अर्ध सैनिक संगठन सिलगढी डिभिजनका महासचिव सुरेन प्रधानले बताएका छन्l उनले प्रेस विज्ञप्ति जारी गरेर यसरी भनेका छन्, ‘हाम्रा शहीदहरुको निम्ति राज्य सरकार न केन्द्र सरकारबाट नै कसैले सम्बोधन गरे जसो तसो हाम्रा सांसद राजु बिस्टले पनि कम से कम घाइतेहरुसँग भेटघाट गरेl’ आइतबार गोर्खा भूतपूर्व अर्ध सनिक संगठन सिलगढी डिभिजनको पहलमा सिलगढी-तराईवासी विभिन्न संघ-संस्थाद्वारा शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छl ‘उनीहरुको आत्माले बैकुण्ठमा बास गरून् तथा उनीहरुको परिवारलाई यो बज्रघात सहन गर्ने क्षमता माँ दुर्गाले प्रदान गरून्’, सुरेन प्रधानले यसो भनेका छन्l यस श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने अनुमति प्रदान गरेवापत प्रधाननगर थाना प्रभारी तथा प्रशासन, संघ-संस्थाका प्रतिनिधिहरु सम्पूर्ण मिडियालाई आभार प्रकट गर्दै धन्यवाद जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement