गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रकृतिप्रतिको सम्मान साथै जीरो वेस्ट म्यानेजमेण्ट कार्यक्रमअन्तर्गत आज बज्र क्षेत्रमा सर-सफाई अभियान सम्पन्न भयो। बज्र लोकल ट्याक्सी स्ट्याण्डको सहयोगमा एसकेएम गान्तोक समष्टिका प्रतिनिधिहरूले सर-सफाईमा सहभागिता जनाएका थिए। कार्यक्रमलाई नर्थ लोकल ट्याक्सी स्ट्याण्ड एसोसिएशन अनि पर्यटन प्रकोष्ठले पनि सहयोग पुऱ्याएको थियो। कार्यक्रममा गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटिया, एसकेएम गान्तोक समष्टिका अध्यक्ष सञ्जीव गुरुङ लगायत अन्यको उपस्थिति रहेको थियो।