सोमबारियामा पीएचसीमा एसबीआई फाउन्डेशन संजीवनी परियोजनाको उद्घाटन

IMG-20230904-WA0303.jpg

गान्तोकः भविष्य भारत एक प्रमुख विकास संस्थाले आज सोम्बरियाको प्राथमिक स्वास्थ्य केन्द्रमा एसबीआई फाउन्डेशन संजीवनी परियोजनाको उद्घाटनको गर्दै एक महत्वपूर्ण कोसेढुङ्गाकोरूपमा प्रमाणित गऱ्यो। यो परिवर्तनकारी पहल सोम्बरियाका २२ ग्रामीण गाउँहरूमा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न तयारी गरिएको छ, जुन समुदायको हितमा संस्थाको प्रतिबद्धतालाई दर्शाउने गरेको उल्लेख गरेको छ।

एसबाआई फाउन्डेशन संजीवनी परियोजनाले निःशुल्क चिकित्सक परामर्श, रोगविज्ञान परीक्षण, उच्च गुणस्तरको औषधिको वितरण, विशेष स्वास्थ्य शिविर, र व्यापक सचेतना कार्यक्रम सहित स्वास्थ्य सेवा विस्तारलाई समेटने गर्दछ। छनौट गरिएका ग्रामीण गाउँका बासिन्दाहरूलाई स्वास्थ्य सेवा सबैभन्दा बढी आवश्यक पर्ने भएकोले यस योजनाद्वारा घर-घरमा सबै सेवाहरू पुऱ्याउन सुविधा उपलब्ध हुनेछ। कार्यक्रममा महकुमा अधिकारी सन्नी खरेल, खण्ड विकास अधिकारी दिलीप दोङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। भविष्य भारतका राज्य कार्यक्रमका प्रबन्धक प्रशान्त क्षेत्रीले समुदाय र सरोकारवालाहरूबाट अतुलनीय सहयोग र उत्साहका लागि कृतज्ञता व्यक्त गरे।

उनले एसबीआई फाउन्डेसन संजीवनी परियोजनाले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन र यसले स्थानीयहरूको कल्याण हेतु समग्ररूपमा सुधार ल्याउन सहयोग प्राप्त हुने भएको छ। भविष्य भारत समुदायलाई सशक्तिकरण गर्ने र सबैका लागि उज्ज्वल भविष्य सिर्जना गर्ने आफ्नो मिशनमा प्रतिबद्ध रहेको जानकारी गराइएको छ। यो परियोजना एक पटकमा एउटा गाउँलाई सकारात्मक परिवर्तन गर्नमा बढावा मिल्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement