नाम्ची आकांक्षी ब्लकलाई लिएर सभा सम्पन्न

IMG-20230905-WA0001.jpg

गान्तोकः नाम्चीमा आकांक्षी व्लक कार्यक्रम सञ्चालनलाई लिएर स्टेरियङ समिति गठनको निम्ति जिल्लापाल कार्यालयमा एक सभा सम्पन्न भयो। नाम्चीका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतमा सम्पन्न भएको सभामा शिक्षा विभाग, स्वास्थ्य, कृषि, पशुपालन र पशुधन विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले भारत सरकारको निति आयोगद्वारा शुरू गरिएको आकांक्षी ब्लकको महत्वबारे प्रकाश पारे। उनले नीति आयोगले बनाएको सूचकलाई ध्यानमा राख्दै जिल्ला र ब्लक स्तरको तथ्याङ्क बुझाउनको निम्ति सबै सम्बन्धित विभागहरूलाई निर्देश दिए।

नीति आयोगको निर्देशन अनुसार, सबै सूचकहरूमा संतृप्ति ल्याउन ब्लक विकास रणनीतिको तयारीमा क्षेत्रीय अधिकारीहरूलाई काम गर्न र मार्गदर्शन गर्न जिल्लापालको अध्यक्षतामा आकांक्षी व्लक कार्यक्रम सञ्चालन समिति गठन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement