वात्सल्य योजनाअन्तर्गत ४८ जना दम्पतिलाई आईभीएफ उपचारको निम्ति सहयोग राशि प्रदान

IMG-20230905-WA0011.jpg

गान्तोकः सिक्किम सरकारको वात्सल्य योजना मार्फत आईभीएफ (इन-भिट्रो फर्टिलिटी) उपचारको निम्ति आज मुख्यमन्त्री कार्यालयद्वारा ४८ जना दम्पतिहरूलाई सहयोग राशि वितरण गरियो। सोही प्रकारले ६२ जना विद्यार्थीहरूलाई पनि अध्ययनको निम्ति सहयोग राशि प्रदान गरियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा वर्तमान एसकेएम सरकारले कुनै जयजन्म नभएका दम्पतिहरूको निम्ति शुरू गरेको वात्सल्य योजना मार्फत राज्यका धेरै दम्पतिहरूले आईभीएफ (इन-भिट्रो फर्टिलिटी) उपचारको निम्ति सहयोग राशि प्राप्त गरिरहेका छन् भने सरकारको यस योजनाबाट लाभान्वित पनि भइरहेका छन्। यसै क्रममा आज मुख्यमन्त्री कार्यलयद्वारा वात्सल्य योजना मार्फत ४८ जना दम्पतिहरूलाई सहयोग राशि वितरण गरियो।

आज गान्तोकको सम्मान भवनमा आयोजित यस वितरण कार्यक्रममा चेक प्राप्त गरेपछि लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं सिक्किम सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यसै गरी मुख्यमन्त्री कार्यालयबाटै ६२ जना विद्यार्थीहरूलाई अध्य्यनमा सहयोग हेतु वित्तिय धनराशिको चेक पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement