तीज पर्व राज्यस्तरीय रूपमा सिङतामको गोलीटारमा भव्यताका साथ पालन गरिने

skm._301

गान्तोकः यस वर्षको तीज पर्व राज्यस्तरीय रूपमा पूर्व सिक्किमस्थित सिङतामको गोलीटारमा भव्यताको साथमा पालन गरिने निर्णय भएपश्चात मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा आज दोस्रो सभा सिङताम नगर पञ्चायतको प्रेक्षागृहमा एसकेएम पार्टीको सेक्रेटरी जेनरल अरुण उप्रेतीको उपस्थितिमा सम्पन्न भयो। सभामा मन्त्री लोकनाथ शर्मा, विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका सल्लाहकारद्वय टीएन ढकाल र रोहितराज महाराज लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

सभामा आगामी १८ सेप्टेम्बरका दिन भव्यरूपमा तीज पर्व पालन गरिने भएकाले उक्त कार्यक्रममा आमा, नारी, दिदी बहिनीहरूको पूर्ण सहभागिता रहनुपर्ने साथै नारी शक्तिहरूद्वारा सञ्चालन गरिनुपर्ने कुरामा विशेष ध्यान आकर्षण गराउँदै कार्यक्रमको दायित्व र पदभारहरू विभिन्न नेतृत्वगणहरूलाई सुम्पिएको छ। सरकार गठन भएपश्चात मुख्यमन्त्री प्रेमसिंह तामाङले आमाहरूलाई सम्मान जनाउन सरकारको तर्फबाट विभिन्न योजनाहरू शुरूवात गरिएको तथा तीज पर्व पनि आमा नारीहरूको निम्ति विशेष पर्व रहेकाले यस दिनलाई सरकारी विदा घोषणा गरिएको बताइएको छ।

आफ्नो सिक्किमेली सांस्कृतिक पारम्परिक ढॉंचामा उक्त कार्यक्रम गरिने सभाले निर्णय पनि लिएको छ। सिङताम नगर पञ्चाय़त अध्यक्ष सुरेश तामाङद्वारा सञ्चालन गरिएको सभामा सभाध्याक्ष सेक्रेटरी जेनरल अरूण उप्रेती, मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ, मन्त्री लोकनाथ शर्मा, सिक्किम फिल्म बोर्डकी अध्यक्षा पुजा शर्मा, सीके ढकाल आदिले सम्बोधन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement