नाम्ची जिल्लाले शुरू गऱ्यो जीपीयूस्तरमा चिन्तन शिविर

chintan_939

गान्तोकःनाम्ची जिल्ला अन्तर्गत रोङबुल ग्राम पञ्चायत यूनिटमा चिन्तन शिविर शुरू भयो। उक्त शिविरमा नाम्ची जिल्लाका सहायक जिल्लापाल पुल्कित, खण्ड विकास अधिकारी निम पिन्छो भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारी निम पिन्छो भोटियाले यस कार्यक्रममा जिल्ला पञ्चायत सदस्यहरूले सक्रियरूपमा सहभागिता जनाएकोमा उनले आभार प्रकट गरे। जिल्ला पञ्चायतहरूको सहभागिताले यस कार्यक्रममा सकारात्मक परिणाम आएको उनले बताए। उनले यस चिन्तन शिविरमा सबै जीपीयूलाई समेट्ने आश्वासन दिए।

आकांक्षी ब्लक कार्यक्रमले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, कृषि र आधारभूत पूर्वाधारमा पाँचवटा विषयमा केन्द्रित रहेको उनले बताए। यस चिन्तन शिविरमा सहभागी हुन उनले नाम्ची ब्लक अन्तर्गतका सबै जनतालाई अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement