गान्तोकः एसडीएफ पार्टीका पूर्व जिल्ला संयोजक साइमन राई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। उनलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले आधिकारिक रूपमा पार्टीमा स्वागत जनाए।
साङ मार्तम निवासी साइमन राईले केही दिनअघि एसडीएफ पार्टीबाट राजीनामा दिएका थिए। एसडीएफ पार्टीका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङले आफूहरुलाई नगन्य ठानेपछि पार्टीमा आफू अटाउन नसकेको उनले बयान दिएका छन्। यसै कारणले आफूले पार्टीबाट राजीनामा दिएको उनले बताएका थिए।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल बनेपछि उनले सामेल हुनुको कारण वर्तमान सरकारले सिक्किमे युवाहरुको सश्क्तिकरण निम्ति गरिरहेको विभिन्न कामहरुप्रति आकर्षित बनेको बताएका छन्।