जलपाइगढी: धुपगढी उपचुनाव भोलि हुँदैछ। यसअघि जलपाइगढीको उत्तर बङ्गाल विश्वविद्यालयको दोस्रो क्याम्पसमा रहेको डीसीआरसी बाट ईभीएम लगायत सबै सामग्री बोकेर मतदान केन्द्रमा जाने तयारी अन्तिम चरणमा पुगेको मतदान कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् ।
बिहान ७ बजेदेखि बेलुकी ६:३० बजेसम्म मतदान हुनेछ । यसपटक मतदानको समय बढेको छ। कुल मतदान कर्मचारी – १२००। जबकि कुल मतदाता संख्या- २६९४१६ छ । कुल बुथ संख्या २६० र ७२ बुथलाई संवेदनशील घोषणा गरिएको छ। सेन्ट्रल फोर्स– ३० कम्पनी सुरक्षामा खटिएका छन्।