भानु जयन्ती समारोहको अन्तिम तयारी

IMG_20220710_204438.jpg

कालचिनी: आगामी १३ जुलाईको दिन आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्म जयन्ती समारोह यसपाली भारत भोटाङ सिमान्त जयगाउँको खोक्ला बस्ती स्थित गोर्खा भवनमा भानु जयन्ती अभ्यर्थना समिति जयगाउँको आयोजनामा जयगाउँ एक, जयगाउँ दुई र दलसिंहपाड़ा अञ्चललाई समेटेर गर्ने सुनिश्चित भएपछि सो समारोहको अन्तिम तयारी भईसकेको २०८औँ भानु जयन्ती अभ्यर्थना समिति जयगाउँको सभापति महेन्द्र छेत्री र सचिव पेमा लामाले जनाएका छन्। सम्पूर्ण तयारी चलिरहेको र उक्त दिन डुवर्सको विभिन्न ठाउँहरूबाट साहित्यिक व्यक्तित्व एवम् समाजसेवीहरूको आगमन हुने बताउँदै समारोहको प्रारम्भिक चरणमा आदिकवि भानुभक्त आचार्यको सालिक दलसिंहपाड़ा जीएसटी मोड़मा उपस्थित प्रमुख अतिथिहरूको बाहुलीबाट स्थापित गरीने अभ्यर्थना समितिको सभापति महेन्द्र छेत्रीले जनाएका छन्।
आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरेपछि त्यस ठाउँलाई सबैले भानुभक्त चौकको रुपमा चिन्ने पनि अभ्यर्थना समितिको सदस्यहरूले जनाएका छन्। अर्कोतिर त्यही दिन नै हाँसीमारा स्तरीय २०८औँ भानु जयन्ती समारोह भानु जयन्ती एकता मञ्चको आयोजनामा मलङ्गीमा सम्पन्न हुने सो आयोजक कमिटीको पक्षबाट सभापति रितेश ‌विश्वकर्मा र सचिव राजेश गुरुङले जनाएका छन्। सबै तयारी अन्तिम रुपमा चलिरहेको र कार्यक्रम भव्यरुपमा सम्पन्न हुने आयोजक कमिटीको सदस्यहरूले जनाएका छन्। अर्कोतिर डुवर्सको सुदुर पूर्व कुमारग्राम खण्डको न्यूल्याण्ड्स चियाबारीमा पनि कुमारग्राम गोर्खा समाज र डुवर्स नेपाली साहित्य विकास समितिको संयुक्त आयोजनामा भव्यरुपमा २०८औँ भानु जयन्ती समारोहको तयारी भएको आयोजक कमिटीको पक्षबाट कार्यकारी अध्यक्ष सुरज विश्वकर्मा र सचिव अलताप लामाले जानकारी गराएको छ। उक्त समारोहमा मुख्य अतिथिमा वरिष्ठ कवि, आख्यानकार तथा साहित्यकार अबीर खालिङको उपस्थिति रहने छ भने विशेषरुपमा वरिष्ठ अभिसङ्गी कवियत्री पवित्र न्यासुरको गरीमामय उपस्थिति रहने बताईएको छ भने उक्त दिन कुमारग्राम खण्डको जातिप्रेमी र समाजसेवीहरूलाई आयोजक कमिटीको पक्षबाट सम्वर्द्धना प्रदान गरिने कार्यक्रम पनि रहेको सचिव अलताप लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement