घर घरमा गएर पट्टा दिलाउने कार्य हुनेछैन: अनित थापा

IMG-20230904-WA0244.jpg

खरसाङ: पट्टाको आवेदन घर घरमा होइन् भूमि सुधार विभागको कार्यालयमा गएर भर्न पर्नेछ अनि जसलाई पट्टा थाप्ने इच्छा छ उसले अब भूमि सुधार विभागको कार्यालयमा गएर आफै आवेदन गर्नेछन्। घर घरमा गएर पट्टाको विषयमा बुझाउने काम आजदेखि बन्द गरौं भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले अाज बताएका छन्।
उनले आफ्नो सम्बोधनमा भने, ‘पट्टा बुझाउनु जाँदा मान्छेले पट्टा विषय राम्रो बुझे जस्तो लागेन। आक्रोश जनाउनु थालेका छन्।पट्टा विषय सम्झाउनु खोज्दा पनि गाली गरिरहेकै छ। विरोध गर्नेले पनि गाली गरीरहेकै छ। लाग्छ पट्टाको कारण यहाँ आफ्नै दाज्यू भाइहरूमाझ झगडा हुनु थालेको छ। अब कसैलाई पट्टा विषय बुझाउनुपर्छ जस्तो लागेन। पार्टीका कसैले पनि अब प्यानल डिस्क्सनमा गएर मिडियामा बोलेर पट्टा विषय बुझाउने काम नगर्नु। कमानवासी पढे लेखेका छन्। उनीहरूले नोटिफिकेसनमा के लेखेको छ, पट्टा विषय सबै पढ्नु अनि बुझ्नु सक्छन्। उहाँहरुलाई बुझ्नु समय लाग्नेछ। त्यसैले उहाँहरुलाई समय दिनुपर्छ। पट्टा थाप भन्ने र विरोध गर्नेहरुमाझ नै झगडा होला जस्तो छ।’
अनित थापाले अघि भने, ‘विरोध गर्नेहरूले कमानवासीलाई भड्काउन सक्दैन अनि बुझाउनेले पनि उहाँहरुलाई केही गर्नु सक्दैन। कमानवासीले आफ्नो इच्छाले पट्टा थापोस्। पट्टा जबर्जस्ती थमाउने चीज होइन।
अब भूमि सुधार कार्यालयमा पट्टा वितरण हुने फारम राखिनेछ। त्यही गएर कमानवासीले इच्छा भए फारम भर्नेछन्, इच्छा नभए फारम भर्ने छैनन्। सरकारी अधिसूचनाको आधारमा वितरण हुने पट्टा भोलि पनि थाप्नु सकिनेछ, दश वर्षबाद पनि थाप्नु सकिनेछ। आज नै थाप्नुपर्छ भन्ने छैन। विभागको काम अब विभागलाई नै गर्नु दिनुपर्छ। जसलाई पट्टाको जरुरी छ उनीहरुले विभागमा गएर पट्टाको कागज लानेछन्।’
जीटीए प्रमुख अनित थापाले अझ भने, ‘भूमि सुधार विभागलाई निवेदन गर्छु कि सर्भे गर्दा जहाँ विरोध हुन्छ त्यहाँ सर्भे नगरिदिनु होस। पट्टा वितरणको फारम कार्यालयमा राखी दिनुहोस्। जसलाई आवश्यकता छ उनीहरुले आफै माग्ने छन्। अब घर घरमा गएर पट्टा दिलाउने कार्य हुनेछैन। पट्टाको कारण सुरु हुँदै गरेको झगडा यही बन्द गरौं। कृषि पट्टाको पहल सुरु गरेको छु। म कमानवासीले सबै जमीनको पट्टा पाओस् भन्ने पक्षमा छु।’

About Author

Advertisement