सोनादा: मुण्डाकोठी चियाबारीभित्र पर्ने २८ वटा समाजहरूले ५ डेसीमल पर्जा पट्टा नथाप्ने भएको छ। यस विषयलाई लिएर ग्राम कल्याण समिति मुण्डाको आयोजनामा मुण्डाकोठी अधीनस्थ २८ वटा समाजहरूलाई लिएर ५ डेसीमल पर्जा पट्टालाई सभा सम्पन्न भएको छ। सभामा मुण्डाकोठीका जम्मा २८ वटा समाजहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसै सभामा नै सबैको सहमतिमा निर्णय गरेर ५ डेसीमल पर्जा पट्टा नथाप्ने भएको बताइएको छ।

सभापछि ५ डेसीमल पर्जा पट्टा विषयमा ग्राम कल्याण समिति मुण्डाको सभापति मिनाकुमारी थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन् – ग्राम सुधार समितिले पहल गरेर ५ डेसीमल पर्जा पट्टा विषयमा छलफल गर्नलाई सभा बोलाएका थियौं र हामी पर्जा पट्टाको विरोधमा छैनौं। तर हाम्रो सबै जमीनको पर्जा पट्टा चाहिन्छ। त्यसैले ५ डेसीमल चाहिँ थाप्दैनौं। सबै जमीनको पट्टा दिए हामी थाप्नेछौं। त्यसरी समाजको प्रतिनिधि सञ्जय राईले पत्रकारहरूसित कुराकानी गर्दै हामी कसैलाई राजनैतिक रूपमा विरोध होइन अनि पर्जा पट्टाको पनि विरोध गरेको होइन तर हामीलाई हाम्रो सबै जमीनको पट्टा चाहिन्छ। त्यसैले हामीलाई पूरै जमीनको पट्टा चाहिन्छ तर ५ डेसीमल मात्रै हामी थाप्दैनौं भनी बताएका छन्।