सेरि एः इण्टर मिलान र युभेण्टस विजयी

IMG-20230904-WA0234.jpg

४ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलमा इण्टर मिलान र युभेण्टसले आ-आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा इण्टर मिलानले फिओरेण्टिनालाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टर मिलानबाट लौटारो मार्टिनेजले ५३औं र ७३औं मिनटमा २ गोल गरे।

यसबाहेक मार्कस थुरमले २४औं र हाकान काल्हानोग्लेले ५८औं मिनटमा गोल गरे। यस जीतपछि इण्टर मिलान ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा सेरि ए टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी नै युभेण्टसले एम्पोली विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा युभेण्टसको तर्फबाट डानिलोले २४औं र फेडेरिको चिएसाले ८२औं मिनटमा गोल गरे।

यो युभेण्टसको तेस्रो म्याचमा दोस्रो जीत हो। सेरि ए-का अन्य म्याचहरूमा लीसले सालेरनिटानालाई २-०-ले अनि तोरिनोले जेनोआलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement