तृणमूल श्रमिक संगठनका दुई गुटबीच झगडा हुँदा सातजना घाइते

सिलगढी: आज दुई गुटमाझ सिलगढीको रेगुलेटेड मार्केटमा झगडा भएको खबर छ। तृणमूल कङ्ग्रेसका श्रमिक संगठनका दुई गुटबीच हिंस्रक झडप हुँदा कम्तिमा सातजना घाइते भएको छ।घटनाको खबर पाउनासाथ प्रधाननगर थानाका पुलिस घटनास्थलमा पुगेर परिस्थिति साम्य पारे। तृणमूल कङ्ग्रेस श्रमिक संगठनका सचिव उमाशङ्करको समूहले तृणमूल कङ्ग्रेसका अर्को समूह श्याम यादवका मानिसहरूले‌ आफ्नो गुटका मानिसहरूलाई कुटपिट गरेको आरोप लगाएको छ। यसपछि तिनीहरूले प्रधाननगर थाना अघि विरोध प्रदर्शन गरे। उक्त घटनाको आरोपी श्याम यादव गुटको विरुद्ध कारबाही गरिनु पर्ने मांग गर्दै एउटा ज्ञापन पत्र पनि चडाए। तृणमूल कङ्रे गस श्रमिक संगठनका सचिव उमाशंकरले बताएअनुसार आज आइतबार रेगुलेटेड मार्केट बन्द हुनाले सबै श्रमिक दिउँसो आराम गरिरहेका थिए। त्यसै बेला श्याम यादवलाई गुटका मानिसहरूले मजदुरहरूलाई कुटपिट गर्दा सातजना घाइते भएका छन्। यसभन्दा अघि पनि श्याम यादवका गुटले यस प्रकारको कार्य गरेको बताए। उक्त समुह विरुद्ध चाँडो भन्दा चाँडो कानुनी कार्वाही गरिनुपर्ने मांगमा एउटा ज्ञापन पत्र पनि चडाएको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement