४ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन एफसी बार्सिलोनाले जीतको ह्याट्रिक गऱ्यो। आइतवार राति खेलिएको म्याचमा बार्सिलोनाले ओसासुनालाई २-१-ले पराजित गऱ्यो। ओसासुनाले होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट जुले कौण्डेले मध्यान्तरको ठीक अघि गोलको खाता खोले। त्यसपछि एजेक्विल एविलाले ७६औं मिनटमा गोल गरी ओसासुनालाई १-१-को बराबरीमा पुऱ्याए। म्याच ड्र तर्फ अग्रसर भइरहेको समय बार्सिलोनाले सुनौलो मौका पायो। गोलको दिशामा बढ़िरहेका रोबर्ट लेवाण्डोस्कीलाई फाउल गर्दा रेफरीले ओसासुनाका डिफेण्डर अलेहान्द्रो काटेनालाई रेड कार्ड र बार्सिलोनालाई पेनल्टी प्रदान गरे। लेवाण्डोस्कीले त्यही मौकाको फाइदा उठाउँदै ८५औं मिनटमा बार्सिलोनालाई म्याचको दोस्रो तथा निर्णायक गोल दिलाए। ला लीगाका अन्य म्याचहरूमा रियल म्याड्रिडले गेटाफेलाई २-१-ले अनि गिरोनाले लास पालमासलाई १-०-ले पराजित गऱ्यो। मालोर्का र एथलेटिक क्लबबीच म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।