प्रीमियर लीगः लिभरपूल र आर्सनलको जीत

IMG-20230904-WA0206.jpg

४ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीगको नयाँ सीजनमा आर्सनल र लिभरपूलले आफ्नो अजेय अभियान जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले चीरप्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडलाई ३-१-ले पराजित गऱ्यो। एमिरेट्स स्टेडियममा खेलिएको यो म्याच ड्र रहने लागिरहेको समय आर्सनलले अन्तिम समयमा २ गोल गरी जीत हासिल गऱ्यो। म्याचमा पहिलो गोल चाहिँ म्यानचेष्टर युनाइटेडले दर्ता गऱ्यो। मार्कस रासफोर्डले २७औं मिनटमा युनाइटेडलाई बढ़त दिलाए तर आर्सनलले पनि लगत्तै एक मिनटपछि गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्यायो। आर्सनलबाट पहिलो गोल मार्टिन ओडेगार्डले २८औं मिनटमा छिराए। त्यसपछि म्याचको निर्णायक गोल हासिल गर्न आर्सनलले निक्कै प्रतीक्षा गर्नु पऱ्यो। सबैभन्दा पहिला डेकलान राइसले स्टपेज टाइमको छैटौं मिनटमा आर्सनललाई बढ़त दिलाए। त्यसपछि गेब्रिएल जीससले स्टपेज टाइमको ११औं मिनटमा अझ एक गोल गरी आर्सनललाई ३-१-ले जीत दिलाए। आर्सनलको यो प्रीमियर लीगको जारी सीजनमा चारवटा म्याचमा तेस्रो जीत हो। यसरी नै युनाइटेडले चाहिँ चौथो म्याचमा दोस्रोपल्ट हारको सामना गर्नु पऱ्यो।

यसरी नै लिभरपूलले एस्टन भिल्लालाई सजिलैसँग ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डोमिनिक शोबोजलाईले तेस्रो अनि मोहामेद सलाहले ५५औं मिनटमा गोल गरे। यसबाहेक एस्टन भिल्लाका मेटी क्यासले २२औं मिनटमा आत्मघाती गोल गरे। प्रीमियर लीगको अन्य एउटा म्याचमा क्रिस्टल प्यालेसले वूल्भ्सलाई ३-२-ले पराजित गऱ्यो। प्रीमियर लीग टेबलमा अहिले ४-४ वटा म्याचमा १०-१० पोइण्ट्स रहे पनि गोल अन्तरले आधारमा लिभरपूल तेस्रो अनि आर्सनल पाँचौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement