सिलगढी: सिलगढी प्राथमिक बालिका विद्यालयको ७५औं वार्षिकोत्सवको अवसरमा एक रंगारंग कार्यक्रमको आयोजना गरिएको छ। यस अवसरमा शहरभर रंगीन झाँकीहरु निकालिएको थियो। मेयर गौतम देवले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। यससँगै जुलुसमा आदिवासी बाजाको तालमा आदिवासी नृत्य पनि प्रस्तुत गरिएको थियो।

सिलगढी प्राथमिक बालिका विद्यालयको ७५औं वार्षिकोत्सवको अवसरमा मेयरद्वारा हुलाक टिकट पनि जारी गरिएको थियो।