एकतर्फी जीतको साथ बसन्त एफसी फाइनलमा

photocollage_20239411318772.jpg

४ सेप्टेम्बरः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको म्याचमा बसन्त एफसी-ले पानीघट्टा एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहिन सुब्बाले ह्याट्रिकसहित ४ गोल गरे। उनले म्याचको पहिलो, १७औं, ३९औं र ६४औं मिनटमा गोल गरे। यसबाहेक एक गोल निमा तामाङले १०औं मिनटमा गरे। यसरी पानीघट्टा एफसी-बाट शुभम राईले १ गोल गरे। म्याच हारे पनि पानीघट्टा एफसी-का गोलकीपर आकाश परिवारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १० सेप्टेम्बरमा खेलिने दोस्रो सेमिफाइनलमा सीडर्स एफसी र सालबारी एफसी-बीच भिड़न्त हुनेछ। फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement