४ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको आयोजनमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा आयोजित यस टुर्नामेण्टअन्तर्गत दिलाराम टी स्टेट फूटबल मैदानमा आइतवार खेलिएको उद्घाटन म्याचमा चामलिंग सेभेनले सामार्थ सेभेनलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा चामलिंग सेभेनबाट रुपेन छेत्री, आर्यन खवास र युगलले १-१ गोल गरे। यसरी नै सामार्थ सेभेनबाट सुजल तामाङ, अभिषेक प्रधान र आदर्श राईले १-१ गोल गरे।

आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।