४ सेप्टेम्बरः नेहुर बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको अन्तिम दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको पहिलो म्याचमा रिवाज सेभेन, नाम्सुले पाण्डाम एफसी-लाई ३-२-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा मिक्स अप् बोइजले डाँड़ागाउँ एफसी-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल ८ अक्टोबरमा खेलिनेछ।