४ सेप्टेम्बरः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा जीटी बोइज, लेबोंगले गोर्खा सेभेन मूण्डालाई पेनल्टी शूटआउटमा ३-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। अब १० सेप्टेम्बरमा खेलिने फाइनलमा जीटी बोइज, लेबोंग र युनाइटेड दिलाराम फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।