डूंगरपुर: केन्द्रिय गृहमन्त्री अमित शाहले तमिलनाडुको डीएमके सरकारका मन्त्री उदयनिधि स्टालिनको बयानलाई लिएर आइतवार विपक्षमाथि चर्को प्रहार गरे। उनले भने, ‘विपक्षी दलहरूको गठबन्धन आईएनडीआईएले दुई दिनदेखिको सनातन धर्मको अपमान गरिरहेको छ। आईएनडीआईका दुई घटक दल डीएमके र कंग्रेसका ठूला नेताले भनिरहेका छन्, सनातन धर्मलाई समाप्त गर्नुपर्छ। यिनीहरूले भोट ब्यांक र तुष्टीकरणको राजनीतिको लागि हाम्रो संस्कृतिको अपमान गरेका छन्। सनातन धर्ममाथि यिनीहरू जति बोल्छन् उती नै घट्दै जानेछन्l’ गृहमन्त्री शाहले आइतबार राजस्थानको बेणेश्वर धाममा भाजपाको दोस्रो परिवर्तन यात्रापूर्व आयोजित जनसभालाई सम्बोधन गरिरहेका थिए। उनले भने, ‘कांग्रेस भोट ब्यांक र तुष्टीकरणको राजनीति गर्नको लागि कुनै पनि सीमासम्म पुग्नसक्छ। राहुल गान्धीले हिन्दु संगठनको तुलना लश्कर-ए-तैयबासित गरिरहेका छन् भने यूपीए सरकारका तत्कालीन गृहमन्त्रीले भन्थे, हिन्दु टेरर चलिरहेको छ। शाहले भने, तपाईहरू जति बोल्नुहुन्छ त्यति नै घट्दै जानुहुनेछ। सनातन धर्मविरूद्ध बोल्यो भने झन् आगामी २०२४ मा दूरबीनले हेर्दा पनि देखिने छैनl’
शाहले भने, ‘कांगेस-नीत यूपीए सरकारमाथि १२ लाख करोड़ रुपियाँको भ्रष्टाचारको आरोप लागेको छ। साथै मनमा अहंकार वा घमण्ड छ कि देशमा गान्धी परिवारले मात्र राज गर्नसक्छ। मोदी त गरीब आमा वा चिया बेच्ने गरीब छोरा हुन्। यिनीहरूले सहन सकिरहेका छैनन्। दश वर्षसम्म यूपीए सरकारले राजस्थानका जनताको निम्ति के गऱ्यो? दश वर्षको सरकारमा राजस्थानलाई १ लाख ६० हजार करोड़ रुपियाँ मात्र दिइयो जबकि मोदी सरकारले नौ वर्षमा ८ लाख ७१ हजार करोड़ रुपियाँ राजस्थानलाई दिएको छl’ मुख्यमन्त्री अशोक गहलोतलाई लक्षित गर्दै शाहले भने, ‘गहलोत सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, महिला सुरक्षाको मामिलामा विफल सरकार हो। राजस्थानमा महिलाहरूसित दुर्व्यवहार भएको १९ मामिला प्रत्येक दिन अघि आइरहेको छ। एकजना महिलाको चीरहरण भयो तर सरकार हात बाँधेर बस्यो। गहलोत जादूगर हुन्। उनले आफ्नो जादूले राजस्थानबाट बिजुलीलाई नै गायब गरिदिए। महिलाहरूको सुरक्षालाई गायब गरिदिएl’ -हिस