भारतले जी-२० को अघिल्लो वर्षको कमान १ दिसम्बरमा ब्राजीललाई सुम्पिने

00-G20

नयाँ दिल्ली: जी-२० को यस वर्षको आतिथ्य सत्कारपछि भारतले अघिल्लो वर्षको लागि शिखर सम्मेलनको कमान ब्राजीललाई सुम्पिनेछ। आगामी एक दिसम्बरमा आयोजन हुने उक्त कार्यक्रमसितै ‘जी-२० थिंक’- को श्रृंखलाको पनि समापन हुनेछ। यो जी-२० को नेतृत्व गर्ने दृष्टिकोण अन्तर्गत भारतको लागि महत्वपूर्ण उपलब्धि हुनेछ जसले वैश्विकस्तरमा धेरैवटा अनौठो उपलब्धिहरू देखेको छ। जी-२० थिंकको अन्तरराष्ट्रिय दौड़मा विश्वभरिकै युवा तथा प्रतिभाशाली मस्तिष्कहरूको प्रतिनिधित्व देख्न पाइनेछ।

रक्षा मन्त्रालय अनुसार स्वतन्त्रताको अमृत महोत्सव मनाउनको लागि भारतीय नौसेनाले विभिन्न क्षेत्रहरूमा आयोजित इन्टर स्कूल क्विज प्रतियोगितालाई राष्ट्रिय स्तरको स्कूल क्विज प्रतियोगिता ‘द इण्डियन नेभी क्विज़’ (थिंक)-मा परिवर्तन गरिदिएको थियो। यस वर्ष जी-२०को अध्यक्षता गरेकोले भारतको लागि यो एउटा अन्तरराष्ट्रिय कार्यक्रम भयो, यसैले यसको नाम परिवर्तन गरेर ‘जी-२० थिंक’ बनाइयो। जी-२० सचिवालयको तत्वावधानमा नौसेना कल्याण औ कल्याण संघ (एनडब्ल्यूडब्ल्यूए)-सितको साझेदारीमा नौसेनाले यो प्रतियोगिता आयोजना गऱ्यो। पछि यसलाई दुईवटा स्तर राष्ट्रिय र अन्तरराष्ट्रिय बनाइयो।जी-२० थिंकको लागि www.theIndiannavyquiz.in वेबसाइट स्थापना गरियो जसको माध्यमबाट जी-२० थिंकको राष्ट्रिय दौड़मा नवौदेखि बाह्रौं कक्षासम्मका ११,७०० भन्दा अधिक स्कूलहरूले पञ्जीकरण गराए। त्यसपछि दुई अनलाइन एलिमिनेशन राउण्ड आगामी १२ सेप्टेम्बर र ३ अक्टुबरमा आयोजना हुनेछ। त्यसपछि १० अक्टूबरमा अनलाइन क्वार्टर फाइनल हुनेछ जहाँ प्रत्येक जोनबाट चारवटा स्कूल अर्थात १६ वटा टीमलाई सेमिफाइनलको लागि क्वालिफाई गरिनेछ। राष्ट्रिय स्तरको सेमिफाइनल आगामी १७ नोभेम्बरमा मुम्बईको एनसीपीए अडिटोरियममा हुनेछ। यसमा छानिएका शीर्ष ८ टीमले आगामी नोभेम्बरमा मुम्बईको गेटवे अफ् इण्डियामा राष्ट्रिय फआइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement