डूरण्ड कपः ईष्ट बेंगललाई पराजित गरी १७औं पल्ट च्याम्पियन बन्यो मोहन बगान सुपर जाइण्ट्स

IMG-20230903-WA0343.jpg

३ सेप्टेम्बरः प्रतिष्ठित डूरण्ड कप फूटबल टुर्नामेण्टको १३२औं संस्करणमा मोहन बगान सुपर जाइण्ट्स च्याम्पियन भयो। आइतवार कलकत्ताको विवेकानन्द युवा भारती क्रीड़ांगनमा खेलिएको फाइनलमा मोहन बगान सुपर जाइण्ट्सले चीरप्रतिद्वन्द्वी ईष्ट बेंगललाई १-०-ले पराजित गरी १७औं पल्ट खिताब जित्यो।

यसरी मोहन बगान सुपर जाइण्ट्स प्रतियोगिताको १३२ सालको इतिहासमा सबैभन्दा सफल टीम पनि बन्यो। मोहन बगानले यसअघि अन्तिमपल्ट २०००-मा डूरण्ड कपको खिताब जितेको थियो। म्याचको ६२औं मिनटमा मीडफिल्डर अनिरुद्ध थापालाई रेड कार्ड देखाइए पनि मोहन बगान सुपर जाइण्ट्सले दशजना खेलाड़ीको साथ ईष्ट बेंगलको चुनौतीलाई किनारा लगायो।

विजेता टीमबाट म्याचको एकमात्र गोल दिमित्री पेट्राटोसले दर्ता गरे। उनले म्याचको ७१औं मिनटमा गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *