इण्डिपेण्डेन्स डे फूटबलः यूबीएफसी र लोवर सीडर्स युनाइटेड विजयी

IMG_20220710_202038.jpg

१० जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत आइतवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा यूबीएफसी-ले प्लेइंग सेभेन (मिलिंग)-लाई ३-१-ले पराजित गऱ्यो। यूबीएफसी-बाट पेमाले २ अनि आदर्शले १ गोल गरे जबकि प्लेइंग सेभेनबाट एकमात्र गोल पूरनले छिराए। यसरी नै दोस्रो म्याचमा लोवर सीडर्स युनाइटेडले जेवाईसी धजिया होपलाई ५-०-ले पिट्यो। विजेता टीमबाट नितेन र रोहनले २-२ गोल गरे जबकि एक गोल प्रिन्सले छिराए। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement