हाम्रो पार्टी घूम जोरबंगला समष्टिको नेतृत्वहरूले महकुमा समितिको नेतृत्वहरूसंग गरयो भेट

IMG-20230903-WA0219.jpg

दार्जीलिङ: हाम्रो पार्टी घूम जोरबंगला समष्टिको नेतृत्वहरूले महकुमा समितिसंग भेटवार्ता गरेको छ। शहरको माल रोड स्थित हाम्रो पार्टीको कार्यलय पी कोठीमा घूम जोरबंगला समष्टि अध्यक्ष सुरज तामाङको नेतृत्वमा समष्टिको नेतृत्वहरू एंव नारी शक्तिको नेतृत्वहरूले महकुमा समिति अध्यक्ष पूरण तामाङ लगायत जितेन राई आदि जस्ता नेतृत्वहरू संग भेटवार्ता गरयो। यस अवधि घूम जोरबंगला समष्टि मा संगठनलाई दरिलो बनाउँन साथै बुथ कमिटि, शाखा प्रशाखाहरूलाई बलियो बनाउँने आदि जस्ता विषयहरू माथि गहन चर्चा परिचर्चा भयो।यस अवधि घूम जोरबंगला समष्टिमा पार्टी कार्यलयको स्थापना गरिनु पर्नेे, पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले समष्टिको भ्रमण गरि दिनु पर्ने आदि जस्ता मांगहरू राख्यो। घूम जोरबंगला समष्टिको पार्टी कार्यकर्ताहरूले हाम्रो पार्टी को भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितापनको आफुहरूले घर घर प्रचार प्रसार गर्दै आई रहेको भएता पनि अध्यक्ष एडवाडर्सले समष्टिको भ्रमण गरी दिए अझ धेरै जोश र उत्साह प्राप्त हुनेछ भन्ने समष्टि कार्यकर्ताहरूले भेटवार्तामा मांग राख्यो। आजको भेटवार्तामा घूम जोरबंगला समष्टि अध्यक्ष सुरज तामाङ, उपाध्यक्ष विशाल राई, प्रवीन राई, अपर्ण तामाङ, सचिव दीपेन ठकुरी, सहसचिव विजय राई, प्रशान्त राई, निहाल थापा थिए, त्यसरी नै कमल भोटियाँ, भगवती सुब्बा, पासाङ शेर्पा, ममता थापा, बवीता याल्मो, प्रेमिला ठटाल, सुष्मा थापा, सयोग राई, नीमा शेर्पा, मनोहर याल्मो, किरण थापा, सुरज राई, अनिस राई, जे वी राई सामेल थिए।त्यसरीनै हाम्रो पार्टीको नारी शक्ति समष्टि सयोजक सुूशान्ती तामाङ, समीक्षा लामा, कमला याल्मो, प्रनिसा तामाङ, पेमा भोटियाँ आदि सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *