३ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटी (मटेली बजार)-को तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नर्थ बेंगल आर्म्ड पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा आइतवार खेलिएको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले डुवर्स फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचको एकमात्र गोल ग्याल्सांग लामाले दोस्रो हाफमा पेनल्टीबाट छिराए। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।









