सनातन धर्मबारे तमिलनाडुका मुख्यमन्त्रीका छोराको भनाइ

SC issues notice to Centre on pleas challenging decision to bloc

चेन्नई: तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनका छोरा उदयनिधि स्टालिनले सनातन धर्मलाई डेंगु, मलेरिया र कोरोनासँग तुलना गरेका छन्। उदयनिधिले भने, ‘लामखुट्टे, डेंगु, ज्वरो, मलेरिया र कोरोना केही यस्ता कुरा हुन्, जसको विरोध मात्रै गर्न सकिँदैन, निर्मूल गर्न जरुरी छl’ उदयनिधि तमिलनाडुका युवा मामिला मन्त्री पनि हुन्l कांग्रेस उनको भनाइबाट टाढिएको छ। जबकि भाजपाले भन्यो, ‘यो उनीहरूको वास्तविकता हो। आई.एन.डी.ए गठबन्धनका नेताहरूले यो भनाइलाई समर्थन गर्छन् कि गर्दैनन् भन्नु पर्छl’ एक वकिलले उदयनिधि स्टालिन विरुद्ध दिल्ली पुलिसमा एफआईआर दर्ता गरेका छन्। उदयनिधिले शनिबार सनातन उन्मूलन कार्यक्रममा यस्तो बताएका हुन्। उनले कार्यक्रमको नामको पनि प्रशंसा गरे। उनले भने, ‘सनातन के हो? सनातन शब्द संस्कृतबाट आएको हो। यो समानता र सामाजिक न्याय विरोधी हो। सनातन भनेको स्थायी अर्थात् परिवर्तन गर्न नसकिने कुरा हो। जसमा कसैले प्रश्न उठाउन सक्दैनl’

रामजन्मभूमिका मुख्य पुजारी आचार्य सतेन्द्र दासले भने, ‘सनातन धर्मलाई कुनै हालतमा नष्ट गर्न सकिँदैन। यो धर्म शताब्दीयौंदेखि चलिआएको छ र सदियौंसम्म चलिरहनेछ। उदयनिधिलाई सनातनको वास्तविक अर्थ थाहा छैन। उनीहरुले जे भनेका छन् त्यो बिल्कुलै गलत होl’ केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भने, ‘तमिलनाडुका केही मानिसहरुको वास्तविकता अब बाहिर आएको छ। केही दिन पहिले हामीले काशी-तमिल समागम आयोजना गरेका थियौं र तमिलनाडुको हरेक गाउँमा भगवान जगन्नाथको पूजा गरिन्छ। सनातन धर्म अमर छ, यस्ता राजनीतिक भनाइले केही गर्दैनl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement