जीटीए सभाको निर्वाचित विपक्षी सभासदहरूले आजसम्म एक पैसाको सहयोग नपाएको हाम्रो पार्टी अध्यक्ष एडवाडर्सको आरोप

IMG-20230903-WA0280.jpg

दार्जीलिङ: जीटीएको चौकीमा बस्नेहरूले भेदभावको नीति अप्नाएको छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आरोप लगाएका छन्। हेप्पी भ्याली चिया बगानको सिरूबारीमा आज क्षेत्रीय सभासद प्रतिम सुब्बाद्वारा निर्माण गरिएको समाज घरको उदघाटन कार्यक्रम सम्पन्न भयो।आयोजित उदघाटन समारोहमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई विशेष रूपमा निम्ताएका थिए। उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज हामी कुनै सत्तामा छैनौं तर जब हामी सत्तामा थियौं। त्यस अवधि हामीले बिना भेदभाव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान अधिकार दिएका थियौं। तर आज जीटीए सत्ताको चौकीमा बस्ने राजनैतिक दलले विपक्षीका निर्वाचित प्रतिनिधिहरूलाई फुटेको कौडी समेत नदिएको आरोप लगाएका छन्। निर्वाचित जनप्रतिनिधिलाई आफ्नो क्षेत्रको विकाश कार्य गर्न कोषहरू दिइने गरिन्छ। तर जीटीए सभाको निर्वाचित विपक्षी सभासदहरूले आजसम्म एक पैसाको सहयोग नपाएको अध्यक्ष एडवाडर्सले बताए। प्रतिम सुब्बा हाम्रो पार्टीको निर्वाचित सभासद हो। हेप्पी भ्याली लुङथाम उनको क्षेत्रमा आउँछ,स्थानीय लुङथाम सिरूबारी क्षेत्रका बासिन्दाहरूले आफुहरूको गाउँमा समाज घरको अभाव रहेको कुरा क्षेत्रिया सभासद प्रतिम सुब्बालाई अवगत गराएपछि उनले आफ्नो गोजीको पैसा लगाएर समाज घरको निर्माण कार्य पूरा गरेको छ। यसलाई मैले एक चमत्कारको रूपमा हेरेको छु अध्यक्ष एडवाडर्सले भने। दार्जीलिङ सदर एकको सभासद प्रतिम सुब्बा, सदर २ को सभासद रोबर्ट छेत्री, सदर ३ को सभासद आफु स्वयम् रहेको अजय एडवाडर्सले बताए। त्यसरी नै सदर चारको सभासद रूबैटेन प्रधान। त्यसै गरी जितेन राई लेबुङ फुस्केरिङ समष्टिको सभासद उपस्थित थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले निर्वाचित विपक्षी सभासदहरूले अहिलेसम्म जीटीएबाट कुनै कोषहरू नपाएको पुनः दोहोराए। यस्तो स्थितिमा पनि तपाईहरूको सभासद प्रतिम सुब्बाले आफ्नो गोजीको पैसा लगाएर समाज घरको निर्माण कार्य गरेको अध्यक्ष एडवाडर्सले दोहोराए।उनले भने, प्रतिम सुब्बालाई १० करोड रूपियाँको अफर आएको थियो तर उनी रूपियाँ पैसामा बिक्री भएन। आजको यो सामाजिक कार्यक्रम हो। तपाईहरू आफ्नो क्षेत्रको विकाशको निम्ति यसरी नै एकबद्व हुनुहोस् अनि आफ्नो हक अधिकारको निम्ति रंगीट कमानको श्रमिकहरूले जस्तो संघर्ष गर्न सिक्नु होस् अध्यक्ष एडवाडर्सले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *