समाज घर उदघाटन समारोहमा सभासद प्रतीम सुब्बाले भने प्लीज समाजिक बहिष्कार गर्ने कुूरा नगर्नोस

Screenshot_20230903_201937_WhatsApp.jpg

दार्जीलिङ: समाज घर निर्माण अवधि थुप्रै चूनौतीहरू आएको थियो यो मन्तब्य क्षेत्रिय सभासद एंव हाम्रो पार्टीको बरिष्ठ कार्यकर्ता प्रतीम सुब्बाले पोखेको हो। हेप्पी भ्याली चिया बगानको लूङथाम सिरूबारीमा आज नव निर्माण समाज घरको उद्घाटन समारोहको आयोजना गरिएको थियो।आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा क्षेत्रिय सभासद एंव हाम्रो पार्टीको बरिष्ठ कार्यकर्ता प्रतीम सुब्बाले गत चूनावपछि मैले यस क्षेत्रका बासिन्दाहरूलाई समाज घरको निर्माण गरी दिने वचन दिएका थिए। त्यस अवधि जीटीएको सत्ता पक्षको नेतृत्वहरूले समाज घर निर्माणको पक्षमा उभिएकाहरूलाई समाजिक बहिष्कार समेत गर्ने चेताउनी दिएका थिए भन्ने तिनले बताए। राजनीति एउटा ठाउँमा छ अनि समाजिक कार्य अर्को ठाउँमा छ प्लीज समाजिक बष्किार गर्ने जस्ता कुराहरू कसैलाई नभनी दिनु होस सभासद सुब्बाले भने।तिनले अझ भने स्थानीय गाउँहरूलाई निराश एंव हताश बनाउँने सत्ता पक्षको नेतृत्वहरूले सक्दो प्रयास गरयो, यहाँसम्म की यिनीहरू यति नै हो, उनीहरूले केही गर्न सक्दैन भन्ने जस्ता बगम्फुसे कुराहरू समेत गरेका थिए भन्ने बताउँदै कसैले पनि यस्तो कुराहरू नगरी दिनु होस भन्ने सभासद सुब्बाले सवैलाई आहवान गरयो। हामी सवैले हाम्रो काम गर्नु पर्छ तर यो युगमा पनि समाजिक बहिष्कारको कुरा गर्नु लाज मर्दो विषय हो, कुनै पनि समाजले जोडने काम गर्छ तर यहाँ तोडने काम हुदैछ प्लीज यस्तो काम भूलेर पनि नगरी दिनु होस सभासद सुब्बाले भने।विकाश मलाई अति नै मन पर्छ तर विकाशको नाममा घोटाला चहि गर्नु भएन। पहाडको धेरै वटाहरूमा विकाशको नाममा नरिवलहरू फुटाउने कार्य हरू भई सकेको छ तर आजसम्म काम नही भएको छैन यहाँ विकाशको नाममा नरिवल फुटाउने कार्यहरू मात्र भएको छ।

हाम्रो मान्छेहरू गरीव छ, गाउँहरूमा बाटोको अभाव छ, बाटोको निर्माणहरू गरी दिनु होस, हामीले तयार गरेको विकाश कार्यहरूलाई त तपाईहरूले पास नै गरी दिनु हुदैन सभासद सुब्बाले भने। तिनले उपस्थित भीडलाई सम्बोधन गर्दै अधि भने तपाईहरूले मलाई विकाश कार्यको निम्ति निर्वाचित गर्नु भएको छ, जीटीएले विकाश कोषहरू हामीलाई दिएको छैन तर म मेरो क्षमता अनुरूप जे जति गर्नु सक्छ त्यो गर्नेछु सभासद सुब्बाले भने। आजको समारोहमा स्थानीय बासिन्दाहरूले सभासद सुब्बालाई सम्मान पनि जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement