खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे वार्ड पसौं धारावाहिक कार्यक्रम अन्तर्गत आज खरसाङको वार्ड नम्बर तीनमा टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बीरबल पाख्रिन तथा कार्यकारिणी सदस्यहरुको पहलमा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन अनि अध्यक्ष राजु शर्माकाे उपस्थितिमा वार्डको प्यारेन्ट्स बडी अध्यक्ष प्रनित लामाकाे अध्यक्षतामा सभा सम्पन्न गरियो। तीन नम्बर वार्डकी नारी शक्तिका सदस्य लक्ष्मीले सभालाई सञ्चालन गर्दै सर्वप्रथम टाउनबाट उपस्थित भएका प्यारेन्ट्स बडी, नारी शक्तिका नेतृत्वसँग वार्डवासीहरुको परिचय गराउँदै सभाको बिषय वस्तु राखिदिन भनी टाउन कमिटीका संयोजक समीर दीप ब्लोनलाई आग्रह गरिन्। समीर दीप ब्लोनले यो सभा राख्नुकाे मूल उद्देश्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे सांगठनिक धरातल के कस्तो छ साथै यहाँ यस वार्डका जनसाधरणकाे गुनासो साथै पीर मार्कालाई टाउन कमिटीकाे पक्षबाट समाधानकाे निम्ति पहल गर्दै सङ्गठनलाई बलियो बनाउनु हो भनी बताए। उनले विकासकाे कार्यकाे निम्ति एकजुट भईदिने आग्रह गरे। सभामा दोस्रो वक्ताकाे रुपमा टाउन कमिटीका अध्यक्ष राजु शर्माले सांगठनिक सभा पार्टीको धरातल बलियो बनाउनको निम्ति हो र सङ्गठन गर्नकाे निम्ति वार्डका सदस्यहरूमा विकासको निम्ति तर्क वितर्क गर्नुपर्छ जनसाधरणको बुनियादी समस्याकाे समाधान हेतु वार्डका प्यारेन्ट्स बडी, नारी शक्ति, युवा शक्ति समाधानको निम्ति अघि आएर कार्य गर्नुपर्छ भनी बताए। टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले सङ्गठित रहे समस्या समाधानको बाटो खोलिन्छ र विगतमा यस वार्डमा सभाकाे माध्यमले जानकारी पाएको समस्या पार्टी अध्यक्ष अनित थापालाई अवगत गराई सकेका छौं भन्दै पहाड़काे समस्या यहाँको बुदाहरुलाई ध्यानमा राखी अनित थापाले सरकारसंग मिलेर समाधान गरिरहेको बताएका छन्। उनले विगतमा हाउस फर अल चकाे घर बनाउनकाे निम्ति भएको समस्यालाई ध्यानमा राखेर जनहितकाे निम्ति निरीक्षण गरी बनाएका रिपोर्ट पञ्चायत चुनावले गर्दा राख्न नपाएको जानकारी दिँदै यस वार्डका सदस्यहरूलाई एकजुट भएर अनित थापाकाे हात बलियो बनाउने आह्वान गरे। उनले वार्डका चसदस्य बसन्त छेत्रीले वार्डका मूल असुविधाहरुसंग अवगत गराउँदै सम्पूर्ण विकासमूलक कार्यहरुमा आदान प्रदानको वातावरण बनाउने सुझाव राखे। सभालाई नारी शक्तिका निता लामा, ललिता छेत्री तथा अन्य वार्डका मानिसहरुले खरसाङ नगरपालिका अन्तर्गत पर्ने बाटो, बाटो चकाे बत्ती तथा अन्य मूलभूत असुविधा लिएर गुनासो राख्दै समस्या समाधानको निम्ति सम्बन्धित विभागलाई पत्रचार गरेकाे जानकारी गराए। सभामा टाउन कमिटीका मूल सचिव दिपा छेत्रीले नारी शक्तिलाई सांगठनिक रूपमा जागरुक गर्दै सम्पूर्ण विकाशमूलक कार्यहरू गर्नकाे निम्ति एकबद्ध भएर कार्य गरे निश्चय नै विकास हुन्छ भन्दै वर्तमानमा जीटीए र पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकै बोर्ड छ र भविष्यमा हुने चुनावमा पनि भागोप्रमोकै बोर्ड गठन हुने ठोकुवा गरिन्। सभामा टाउन कमिटी प्यारेन्ट्स बडीका सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य रामु राउत, रमोद गुरुङ, सन्तोष पहरी, विकाश तामाङ, नारी शक्ति अध्यक्षा सबिता कार्की, उपाध्यक्षा नितु गुरुङ, सह सचिवा अञ्जु कार्की सांगठनिक सचिवा अनु प्रधान उपस्थित थिए भनी प्रचार प्रसार सचिव संजय राउतले जानकारी दिएका छन्।