गान्तोक जिल्लाका विद्यार्थीहरूली लिएर जिल्लास्तरीय विज्ञान संगोष्ठी सम्पन्न

IMG-20230903-WA0321.jpg

गान्तोक: स्टेट काउन्सिल अफ् एजुकेश्नल रिसर्च एण्ड ट्रेनिङ (एससीईआरटी) को पहलमा गान्तोक जिल्लाका विद्यालयहरूलाई लिएर एक दिवसीय जिल्लास्तरीय विज्ञान संगोष्ठी सम्पन्न भयो। विकास क्षेत्रस्थित टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित एक दिवसीय विज्ञान संगोष्ठीमा शिक्षा विभागकी संयुक्त निर्देशक डा. हन्ना योञ्जन मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा सोही विद्यालयकी प्राचार्य सरोजा प्रधान रहेकी थिइन्। सो प्रतियोगितामा राले सरकारी माध्यमिक विद्यालय प्रथम बन्यो भने सिङताम सरकारी माध्यमिक विद्यालय दोस्रो र रालार माध्यमिक विद्यालय तेस्रो बनेको जानकारी गराइएको छ। यस प्रतियोगितामा प्रथम हुने विद्यालयले आगामी १६ सेप्टेम्बरको दिन गान्तोकमा सम्पन्न हुने राज्यस्तरीय प्रतियोगितामा सहभागी बन्ने अवसर प्राप्त गर्नेछ। उल्लेखनीय छ, एससीईआरटी- ले प्रत्येक वर्ष राज्यभरि नै यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आइरहेको छ भने यस वर्ष भारत सरकारको नेश्नल काउन्सिल फर साइन्स म्यूजियमको संयुक्त पहलमा आयोजना भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement