गान्तोक: आयुष्मण भव अभियानमाथि छलफल गर्न सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। सभामा सीएमओले पावर पोइन्ट पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा आयुष्मान आपके द्वार ३.०, आयुष्मान सभा, आयुष्मान मेला र सेवा पखवाडा जस्ता विषयहरूमाथि प्रकाश पारे।
उनले प्रधानमन्त्री जन आरोग्य योजना (पीएम जे) को बारेमा जानकारी दिँदै जसमा ब्लकस्तरमा प्रशासनिक केन्द्रमा कार्ड उत्पादन सुविधा हुनुपर्ने र त्यसपछि ग्राम पञ्चायत स्तरमा पुऱ्याउनु पर्ने सुझाव दिए।
सभामा जिल्लापालले सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै यस अभियानलाई अघि बढाउनु पर्ने आग्रह गरे। उनले जिल्लामा यस योजना कार्यान्वयनका लागि खण्ड विकास अधिकारीहरूलाई पनि सचेत गराउनुपर्ने आग्रह गरे।
यस अवसरमा अतिरिक्त जिल्लापाल गायस पेगा, डा. विकास प्रधान, सीएमओ (सोरेङ र गेजिङ), जिल्ला शिक्षा अधिकारी एसपी शर्मा, लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।