गान्तोक:अखिल किराँत राई संघ, पश्चिम पाण्डाम ब्लक समितिको एक महत्त्वपूर्ण सभा सिंग्लेबोङस्थित समिति भवनमा केन्द्रीय समितिका अध्यक्ष मोहन दुङमालीको अध्यक्षतामा सम्पन्न भयो। सभामा केन्द्रीय समिति मुल सचिव श्री आरके वालिङ, कोषाध्यक्ष श्री सम्शेर राई, प्रचार सचिव श्री बिष्णु चामलिङ, पुर्व जिल्ला जोनल अध्यक्ष शैलेस राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभामा पश्चिम पाण्डाम ब्लकका निवर्तमान सचिव रमेश चन्द्र राईले आफ्नो स्वागत सम्बोधनमा सर्वप्रथम परिचय आदान प्रदान गराए। सभापति सुकदेव राईले पश्चिम पाण्डाम ब्लकको आजसम्मको प्रगतिमाथि प्रतिवेदन प्रस्तुत गरे। आजको सभामा ब्लक समिति पुन:गठन गर्ने प्रक्रियामाथि व्यापकरूपमा वहस पश्चात् पश्चिम पाण्डाम ब्लक समितिको गठन गरियो, जसमा सभापति सुकदेव राई, उपसभापति प्रकाशमान राई, सचिव रमेश चन्द्र राई, संयुक्त केआर वार्तम, मोहन राणाले संक्षेपमा वक्तव्य राख्दै विभिन्न विषयमाथि प्रकाश पारे। सभाध्यक्षको आसनबाट बोल्दै मोहन दुङमालीले पश्चिम पाण्डाम ब्लक स्तर समिति गठन भएकोमा बधाई शुभकामना व्यक्त गर्दै आज सम्म केन्द्रीय तदर्थ समितिले छोटो अवधिमा धेरै उपलब्धि हासिल गरेको जानकारी गराए। उनले संस्थाको उन्नति र प्रगतिको निम्ति केन्द्रीय समितिले मार्ग निर्देन तयारी गरिरहेको बताउँदै जिल्ला तथा केन्द्रीय समितिको अपचारिक चुनावको निम्ति यसक क्षेत्रका प्रतिनिधिहरू मानसिकरूपमा तयार रहनुपर्ने आग्रह गरे।










