खरसाङ: खरसाङको २८ नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत अप्पर र लोवर चिमनीका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले मणिपुरमा भएको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा अन्तर्गत चिमनी क्षेत्रका नारी शक्ति, युवा शक्ति, पार्टीका पदाधिकारीहरू लगायत स्थानीयहरूले मणिपुरको पैह्रोमा परेर शहीद बनेका गोर्खा जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै आत्मा शान्तिको लागि मौन धारण गरेका छन् भने शोकित परिवारलाई ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना पनि गरिएको छ। यस अवसरमा चिमनी क्षेत्रका पार्टी कार्यकर्ताहरु र गाउँलेहरूले मैनबत्ती बालेर श्रध्दाञ्जली अर्पण गर्दै मैनबत्ती रैली पनि निकालिएको छ। उक्त रैलीमा पार्टी कार्यकर्ताहरू र स्थानीयहरूले शहीदहरू सदैव अमर रहुन् भनी नारा लगाउँदै मैनबत्ती रैली निकालेर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। यस अवसरमा स्थानीय गोपाल थापा अनि युवा शक्तिको तर्फबाट दिपेस थापाले सम्बोधन गर्दै हामी २८ नम्बर समष्टिको सम्पूर्ण कार्यकर्ताहरू र जनताको तर्फबाट मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको बताएका छन्। दुवैले आगामी दिनमा यस्तो घटना पुन: नघटेको होस् भन्दै ईश्वरसित प्रार्थना गरेको तथा शहीदको परिवारलाई सहने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिएको पनि बताएका छन्।