गान्तोकः राज्यको एसकेएम सरकारले सिक्किमको एकमात्र तिमी चिया बगानको अवहेलना गरेको आरोप विपक्षी एसडीएफ पार्टीले लगाएको छ। एसडीएफ प्रवक्ता अरुण लिम्बूले आज प्रेस विज्ञप्ति जारी गरेर उक्त आरोप लगाएका छन्।
प्रवक्ता लिम्बूले २ सेप्टेम्बरका दिन तिमी चिया बगानको भ्रमणमा जॉंदा आफुहरूले चिया बगानको स्थिति चिन्ताजनक पाएको बताएका छन्। पहिले चिया बगान आकर्षक देखिन्थ्यो भने अहिले झार-जङ्गलले पुरिएर दुःखलाग्दो स्थिति रहेको उनले दाबी गरेका छन्। तिमी चिया बगानको यस्तो स्थितिले केवल पर्यटन उद्योगलाई मात्र नभएर चियाको उत्पादन पनि प्रभावित बन्न सक्ने उनले विज्ञप्तिमा जनाएका छन्।
उनले तिमी चिया बगान एक समय गतिविधिहरूको केन्द्र थियो भने धेरै फिल्म निर्माताहरू र पर्यटकहरूलाई आकर्षित गरेको थियो भनी बताएका छन्। दुर्भाग्यवश अहिले चिया बगानको स्थिति चिन्ताजनक रहेको उनले बताएका छन्। उनले वर्तमानमा एसकेएम पार्टीका सदस्य टाशी भोटिया तिमी चिया बगानका अध्यक्ष रहेको बताउॅंदै एसकेएमको सरकारमा तिमी चिया बगानको रखरखाउ र उत्पादनमा निरन्तर कमी आइरहेको छ भनी आरोप लगाएका छन्।