खरसाङमा भारतीय मानव अधिकार एशोसिएसनको सभा

IMG-20230903-WA0310.jpg

मानव अधिकार एशोसिएसन भारतका प्रत्येक नागरिकको निम्ति काम गर्ने संस्था हो: राहगिर फजल, राज्य अध्यक्ष

खरसाङ: भारतीय मानव अधिकार एसोसिएसनको एक सभा खरसाङमा सम्पन्न भयो। यो सभामा एसोसिएसनका राज्य समिति अध्यक्ष राहगिर फजलको विशेष उपस्थिति रहेको थियो। यो सभाको बारेमा जानकारी गराउँदै एसोसिएसनका खरसाङ शाखा अध्यक्ष सरोज चौहानले सम्पन्न भएको सभा एउटा साधारण सभा रहेको बताए। चौहानले बताए अनुसार प्रत्येक वर्ष एशोसिएसनका सदस्यहरूले आफ्नो सदस्यता नवीनीकरण गर्नु पर्ने हुन्छ। नवीनीकारणपछि सदस्यलाई उसको परिचय पत्र गरिन्छ। आज सदस्यहरूलाई परिचय पत्र दिने कार्यक्रम पनि रहेको थियो। परिचय पत्र एशोसिएसनका राज्य अध्यक्ष राहगिर फजलको बाहुलीबाट प्रदान गरियो। पश्चिम बंगाल राज्यको एशोसिएसनका अध्यक्ष राहगिर फजलले भने, मानव अधिकार एशोसिएसन व्यक्ति विशेषको निम्ति नभएर भारतका प्रत्येक नागरिकको निम्ति काम गर्ने संस्था हो। हाम्रो कार्य भारतको संविधानमाथि आधारित छ। संविधानले व्यक्तिलाई दिएको अधिकारको हनन् भएको छ भने हामी अधिकार दिलाउन कार्य गर्छौँ।
उनले अझ भने, अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा अनुमोदित संस्था हो भारतीय मानव अधिकार एशोसिएसन। एशोसिएसनले खरसाङमा पनि काम गरिरहेको छ, जसले यहाँका नागरिकहरूको मूलभूत समस्या समाधान गर्न सक्छ। हामी निशुल्क काम गर्छौँ।
खरसाङ शाखाका अध्यक्ष सरोज चौहानले भने, मानव अधिकारको कार्य संवेदनशील छ, दायित्व पूर्ण छ अनि गोपनीयता महत्वपूर्ण छ। हामी यस्तो संस्थासँग जोडिनु पाउनु गौरवको कुरा हो।
खरसाङ शाखाले पनि विभिन्न विभागहरूसँग मिलेर कार्य गरिरहेको छ। एशोसिएसनको कार्यालय खरसाङ रेडियो स्टेसन नजिक अवस्थित छ। सभामा क्षेत्रका विभिन्न मानव अधिकार सम्बधित मुद्दाहरू माथि चर्चा गरियो। सिलगढ़ीको मतिगढ़ामा एक नाबालिकमाथि घटेको जघन्य हत्या काण्ड, दार्जीलिङको आत्महत्या काण्ड, घरेलु हिंसा, पोक्सो कानुन , प्राथमिकी दर्ता जस्ता गम्भीर विषयहरू माथि सभामा चर्चा गरियो। यसै सभामा तीन जना नयाँ सदस्यहरूलाई एशोसिएसनमा स्वागत गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement