खरसाङ: नव प्रगति युवा संघ अमृत बस्ती, गाड़ीधुराद्वारा संघको प्रेक्षागृहमा पहिलो वार्षिक स्थापना दिवस समारोह संघका अध्यक्ष धुर्व प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथि गाड़ीधुरा नवदीप परिवारका सचिव साथै समाजसेवी रोशन विश्वकर्मा थिए। त्यसरी नै अतिथिहरुमा गाड़ीधुरा नवदीप परिवारका सभापति गोबिन्द आचार्य, सुवास छेत्री, गाड़ीधुरा सहयोग संगठनका कोषाध्यक्ष सुरेश छेत्री, गाड़ीधुरा स्पोर्टिङ क्लबका सचिव सदीप सार्की, वरिष्ट नागरिक संगठनका सदस्य अारएल रामुदामु, डीके विश्वकर्मा लगायत अन्य उपस्थित थिए। उक्त कार्यक्रममा क्लबको पक्षबाट नृत्य क्षेत्रमा समस्त गोर्खा जातिलाई परिचय गराउने बाल कलाकार अवस्था थापालाई सम्मान जनाइयो। यसको साथै समाजमा आफ्नो अहम योगदान प्रदान रोशन विश्वकर्मालाई प्रोत्साहन पत्र प्रदान गरियो। त्यसरी नै क्लबका वरिष्ठ सदस्य मिनकुमार तामाङलाई वरिष्ठ नागरिक सम्मान जनाइयो।
आजको कार्यक्रममा स-साना नानीहरुद्वारा कविता पाठ, नृत्य आदि प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन क्लबका सदस्य रेगिना थापाले गरेका थिए भने स्वागत मन्तव्य ईशा थापाले राखेका थिए।