कोभिड़ सिक्किम: राज्यमा आज कोरोनाको एउटा नयाँ मामिला

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा आज कोरोनाको एउटा नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने एक जना यो रोगबाट निको भएका छन्। 

राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा सात जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार, हिजो ११५ जनाको कोरोना परीक्षण गरेकोमा, पूर्व जिल्लाबाट एकजनामा संक्रमण को पुष्टि भएको छ।

हाल राज्यको कोरोना सकारात्मकता दर ०.९ प्रतिशत रह्यो भने रिकभरी दर ९८.८ प्रतिशतमा रहेको छ। हालसम्म राज्यमा ३७,९५६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६२ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement