रोहिणी रोड भएर पहाड़मा चल्ने स्टेट बसहरू एनएच ५५ अन्तर्गत तीनधारे क्षेत्रबाट चल्ने भनिएपछि विभिन्न सेण्डीकेटका चालकहरूद्वारा विरोध

IMG-20230903-WA0301.jpg

खरसाङ: रोहिणी रोड भएर पहाड़मा चल्ने स्टेट बसहरू सबै मेन रोड अर्थात् एनएच 55 भएर चलाउने भनिएको भन्दै तीनधारेदेखि गिध्द पहाड़सम्मका ट्याक्सी गाड़ी सेण्डिकेटका चालकहरूले विरोध जनाएका छन्। रोहिणी भएर पहाड़मा चल्ने स्टेट बसहरूलाई अझैं थपेर सरकारले चलाउने भनिए पनि तराई चालक संगठनले रोहिणी रोड भएर बसहरू नचलाई दिने बरू सबै स्टेट बसहरू एनएच ५५ अन्तर्गत तीनधारे क्षेत्र भएर चलाई दिने भनी मांग गरेपछि तीनधारेदेखि गिध्द पहाड़सम्मका विभिन्न ट्याक्सी गाड़ी सेण्डीकेटका चालकहरूले आज तीनधारेमा सभा बसेर विरोध जनाएका छन्। उक्त विषयलाई लिएर तीनधारेदेखि सिलगढी र तीनधारेदेखि खरसाङसम्म चल्ने ट्याक्सी गाडी सेण्डिकेट, तीनधारेदेखि खरसाङसम्म चल्ने मारूती भ्यान सेण्डीकेट, घैयाबारीदेखि खरसाङसम्म चल्ने सेण्डीकेट, तीनधारेदेखि घैयाबारी, महानदीदेखि खरसाङ र गिध्देदेखि खरसाङ चल्ने मारूती भ्यान सेण्डीकेटहरू लगायत बस चालकहरूका संगठन पार्वत्य बस कर्मचारी युनियनका चालकहरू एकै मञ्चमा आएर सभा गरेर हाइवे क्षेत्रबाट स्टेट बस सेवा सञ्चालनको विरोध जनाएका छन्। सबै सेण्डीकेटका चालकहरू भेला भएर तीनधारेको महात्मा गाँधी हलमा तीनधारे ट्याक्सी ओनर्स अनि चालक एसोसिएशनको सभापति कुमार भुजेलको अध्यक्षतामा एक सभा सम्पन्न भएको छ। उक्त सभालाई निर्भर लोहारले सञ्चालन गरेका थिए। उक्त सभालाई तीनधारे ट्याक्सी ओनर्स अनि चालक एसोसिएशनको सभापति कुमार भुजेल, सचिव सुमन लोहार, महानदी सेण्डीकेटबाट सचिन त्रिखत्री, घैयाबारी सेण्डीकेटबाट सञ्जीव रसाईली, गिध्दे सेण्डीकेटबाट सागर रसाईली, बस युनियनबाट राजु सेञ्चुरी र अनुप परियार, तीनधारे खरसाङ मारुती भ्यान सेण्डीकेटका उप सभापति धिरेन प्रधान र अशोक सुब्बाले सम्बोधन गरेका थिए। सबै वक्ताहरूले एनएच ५५ अन्तर्गत तीनधारे, घैयाबारी, महानदी क्षेत्रबाट स्टेटहरू कुदाएको खण्डमा यहाँको विभिन्न सेण्डीकेटका चालकहरू र अहिले कुद्दै गरेको चारवटा बसहरूलाई पनि मार्का पर्ने साथै ५००-६०० सय चालकहरू र उनीहरूका परिवारहरू पनि मार्का पर्ने भन्दै हाइवेबाट स्टेट बसहरू चलाउने विषयमा विरोध जनाएका छन्। यस विषयमा सबै सेण्डीकेटका चालकहरूलाई लिएर को-अर्डिनेशन कमिटी गठन गरेर यस विषयमा महकुमा शासक, जिल्लापाल, जीटीए चिफ्, सांसद, विधायक, स्टेट बस कमिटीको पदाधिकारी शान्ता छेत्री सबैलाई लिखित रूपमा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन्। यस सभा र एनएच ५५ अन्तर्गत तीनधारे क्षेत्रबाट स्टेट बसहरू कुदाउने विषयको विरोध जनाइएको विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै तीनधारे ट्याक्सी ओनर्स अनि चालक एसोसिएशनको सभापति कुमार भुजेल र सचिव सुमन लोहारले विस्तृत रूपमा जानकारी गराउँदै रोहिणी रोड भएर जुन स्टेट बसहरू चल्दैछन् त्यसमा अझैं थपेर सरकारले चलाउने भनिएपछि तराई चालक संगठनले विरोध गरेर ती सबै स्टेट बसहरू रोहिणी रोड भएर होइन तर एनएच 55 अन्तर्गत चलाउने मांग गरिएकोले हामी यसको विरोध जनाउँदछौं किनभने यहाँ पहिलेबाटै चारवटा बसहरू चलिरहेको छ र अझैं रोहिणी रोड भएर पहाड़मा चल्ने सबै स्टेट बसहरू यहाँबाट चल्ने भए यहाँको चारवटा बसहरू लगायत सबै ट्याक्सी गाडीहरूका चालकहरु र परिवारहरूलाई ठूलो मार्का पर्छ भनी बताएका छन्। दुवैले तराई चालक संगठनक यो मांगलाई हामी मान्दैनौं अनि विरोध जनाउँदछौं भनी बताएका छन्। दुवैले यस विषयमा हामी विभिन्न प्रशासनिक अधिकारीहरू र विभागीय पदाधिकारीहरूलाई पनि लिखित ज्ञापन दिने बताएका छन्। यसक साथै सुकनादेखि रंगटंग, तीनधारे, घैयाबारी, महानदी, गिध्दे सबैको जनताई पनि आह्वान् गर्दै विगत २०११ देखि तीनधारेको पैह्रो जाँदा र कोविडको समय ट्याक्सी चालकहरूले सहयोग गरेकोले यसपाली स्थानीय जनताले पनि साथ दिनेछन् भनी आशा राखेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement