प्रचारको लागि आइपुगे शुभेन्दु अधिकारी

IMG-20230903-WA0181.jpg

सिलगढी: धुपगढी विधानसभा उप-चुनाउको प्रचारको लागि आज राज्यका विपक्षी नेता शुभेन्दु अधिकारी सिलगढी आइपुगेका छन्। तिनी आज बिहान कोलकाताबाट विमान मार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै धुपगढीतर्फ प्रस्थान गरे। धुपगढी प्रस्थान गर्न अघि हवाईअड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले धुपगढीलाई महकुमा बनाउने अभिषेक ब्यानर्जीको घोषणालाई लिएर कटाक्ष कसे। तिनले भने, अभिषेक ब्यानर्जीले आफ्नो फुपुबाट धेरै फाइदा पाइरहेका छन्। २०२१-मा ममता ब्यानर्जीले धुपगढीलाई महकुमा बनाउने कुरा गरे तापनि हाल अढाई वर्ष बितिसक्दा पनि केही गरेको छैन। यसपल्ट तिनले आफ्नो भदैको माध्यमद्वारा झुटो घोषणा गरिरहेको छ। भारत गठबन्धनले जित्यो भने ग्यासको मूल्य ५ सय रुपियाँ हुनेछ भन्दै अभिषेक ब्यानर्जीको मन्तव्यको कटाक्ष कस्दै तिनले भने, हाल ग्यासको दाम ९०० रुपियाँ भएको छ। मोदी सरकारले ग्यासमा २०० रुपियाँ कम्ती गरिदिएको छ। अब पश्चिम बङ्गाल सरकारले पनि ग्यासको मूल्य २०० रुपियाँ कम्ती गर्नुपर्छ। मूल्य कम्ती गरे तृणमूल सरकार साधारण मानिसहरूको सरकार हो भन्ने प्रमाणित हुनेछ। यसबाहेक तिनले नारी सुरक्षालाई लिएर राज्य सरकारमाथि कटाक्ष कसे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement