सचेतनामूलक लघु चलचित्र सावधान (लिफ्ट प्लिज)को पहिलो टिजर

Screenshot_20230903_130831_WhatsApp.jpg

गोरुबथान (महेश्वर प्रधान): समाजमा सचेतना ल्याउन हेतु युब पावर समूहले लघुचलचित्र लिएर आइरहेको छ। यसपटक सावधान पहिलो सिजनको पहिलो टिजर आज एक प्रेस भेला गरेर सार्वजानिक गरेको छ। क्षेत्रिय कलाकारहरूलाई लिएर निर्माण भइरहेको लघुचलचित्र सावधान (लिफ्ट प्लिज) को ८० प्रतिशत सुटिङ भइसकेको छ। आजदेखि टिजर र पोस्टर रिलिज भएको छ। यस सत्रको लघुचलचित्रको कथा महेश्वर प्रधानको रहेको छ भने यसलाई निर्देशन सुदर्शन अत्रीले गरेका छन्। यस लघुचलचित्रमा मुख्य भूमिकामा विशेष तामाङ र सुरक्षा प्रधान रहेका छन्। सहायक कलाकारहरूमा राजु सार्की, सुजा राई, शीतल छेत्री, महेश्वर प्रधान, ललिता शर्मा आदि रहेका छन्। आगामी १७ सितम्बरको विश्वकर्मा पुजाको पावन अवसरमा यसको रिलिज हुने जानकारी दिएका छन्। थप जानकारी साथै पहिलो टिजर यहाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement