सिलगढी: तृणमूलका वरिष्ठ नेता तथा राज्यमन्त्री फिराद हाकिम जलपाईगुडी जिल्लाको धुपगुरी विधानसभा क्षेत्रको उपचुनावको प्रचारमा आएका थिए। आइतवार कोलकाताबाट बागडोगरा एयरपोर्टको फ्लाइट लिएर धूपगुरी प्रस्थान गरेका थिए।

उनलाई सिलगढी नजिकै बागडोग्रा एयरपोर्टमा तृणमूल समर्थकहरूले न्यानो स्वागत गरेका थिए। उल्लेखनीय छ, धुपगुरी विधानसभा उपचुनाव सेप्टेम्बर ५ मा छ।