३ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा ओमकार एफसी-ले सिंगतामलाई पेनल्टी शूटआउटमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा ओमकार एफसी-बाट मनीष, वांगेल र अजयले गोल गरे। यसरी सिंगतामबाट प्रथम, निशान्त र अमनले गोल गरे। यसरी दोस्रो म्याचमा ग्लेनबर्नले सिंहमारी लायन्स क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिकेत तामाङ र अदित्य राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।