सेमिफाइनलमा पुग्न सफल सीडर्स एफसी

photocollage_202393115720105.jpg

३ सेप्टेम्बरः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको म्याचमा सीडर्स एफसी-ले मिरिक फारानाइसलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट तेञ्जिंग शेर्पाले २७औं र २९औं मिनटमा २ गोल गरे। यसबाहेक आदर्श राईले ३५औं मिनटमा १ गोल गरे। यसरी मिरिक फारानाइसबाट अभिषेक कार्कीले ३७औं मिनटमा एकमात्र गोल गरे। म्याच हारे पनि मिरिक फारानाइसका गोलकीपर आर्यन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement