३ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजन गरिने गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्ट २०२३-को आधिकारिक फिक्स्चर जारी गरियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात ५ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याच बण्टी इलेभेन, मंगपू र मल्ली स्पोर्टिंग क्लबबीच खेलिनेछ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन एफसी च्याम्पियन भएको थियो।