जर्जियन फूटबल क्लब सेमिफाइनलमा

IMG-20230903-WA0130.jpg

३ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटी (मटेली बजार)-को तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङको जर्जियन फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा शनिवार खेलिएको म्याचमा जर्जियन फूटबल क्लबले सन्तोष स्पोर्ट्स एसोसिएशन, रंगपुर बंग्लादेशलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० सेप्टेम्बरमा हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement