गान्तोक: दक्षिण सिक्किम अन्तर्गत तिमी पुलिस थाना क्षेत्रमा एक पिताले सौतेनी छोरीमाथि यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ। एउटी १२ वर्षीय नाबालिगमाथि आरोपित पिताले विगत एक वर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको आरोप छ।
पुलिस रिपोर्ट अनुसार, नाबालिगकी आमाले पुनः विवाह गरेर गएपछि उनी सौतेनी पितासॅंगै बस्दै आएकी थिइन्। सौतेनी पितासॅंग बस्ने क्रममा नाबालिग यौन दुर्व्यवहारको शिकार बनेकी हुन्। यो घटना गत ३० अगस्तको दिन नाबालिगकी आमाले थाहा पाएपछि आरोपित पिता विरूद्ध प्राथमिकी दर्ता गरिन्।
पुलिसले शिकायतको आधारमा आरोपित व्यक्तिलाई पक्राउ गरेर जॉंच अगाड़ि बढाएको छ। आरोपित व्यक्ति विरूद्ध आईपीसीको धारा ३७६ र पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरिएको छ।