हाम्रो स्वाभिमान ट्रस्टद्वारा २०८औं भानु जयन्तीको अवसरमा राष्ट्रिय नेपाली साहित्य पुरस्कारहरूको घोषणा

IMG-20220710-WA0205.jpg

नयाँ दिल्लीः हाम्रो स्वाभिमान ट्रष्टले २०८औं भानु जयन्तीको शुभ अवसरमा पूर्व आयोजित साहित्यिक कार्य राष्ट्रिय नेपाली साहित्य पुरस्कार-२०२२ का लागि चयनित सष्ट्राको नाम घोषणा गर्नुका साथै सोअवसरमा आयोजित कविता वाचन प्रतियोगिता विजेताहरूलाई पुरस्कृत गरेको छ। १० जुलाईको दिन भएको कार्यक्रममा भाषा संग्रामी उत्तम छेत्री, भाषाविद् विष्णु गुरूङ, साहित्यकार धर्मराज थापा, कवि टाशी शेर्पा, कवि हर्कबहादुर लामगादे ‘रोहित’ एवं कवि युवराज भट्टराई अतिथिको रूपमा उपस्थित थिए। ट्रस्टका लागि कार्यकारी अध्यक्ष शिबलाल गँवालीको संयोजनमा कविता वाचन प्रतियोगितामा २८ जना विद्यार्थीले भाग लिएका थिए भने विजेतालाई प्रशस्ति-पत्र, स्मृति चिन्ह एवं सम्मान राशि दिएर सम्मान गरियो। ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठले स्वागत भाषण राखे भने उत्तम क्षेत्री र विष्णु गुरूङले आफ्नो उद्बोधनमा आफ्नो नेपाली भाषालाई सम्मान गर्ने एवं साहित्यप्रति हुने कर्तव्यको बोध गराए। कार्यक्रमको थालनी संस्कृत एवं नेपाली रामायण पाठबात गरिएको थियो भने साथमा लोक नृत्य र एकल गीतहरूको प्रस्तुतिले नेपाली संस्कृतिको झलक प्रस्तुत गरेको थियो। ट्रस्टका सेट्लर ट्रस्टी प्रेम छेत्रीले राष्ट्रिय पुरस्कार-२०२२ का चयनित सष्ट्राहरूको नाम सार्वजनिक गरे।

राष्ट्रिय पुरस्कारमा सर्वोच्च पुरस्कार नेपाली साहित्य सम्मानमा दार्जीलिङका डा. गोकुल सिन्हा भए भनी नेपाली साहित्य पुरस्कार-पद्यका लागि असमका युद्धवीर राणा, नेपाली साहित्य पुरस्कार-गद्यका लागि मणिपुर राज्यकी डा गोमा देवी शर्मा र नेपाली साहित्य पुरस्कार-पत्रकारिताका लागि सिलगढीका शिबु छेत्री चयनित भएको घोषणा गरिएको छ। चयनित स्रष्टाहरूलाई ३० अगस्त २०२२ मा नयाँ दिल्लीको तालकटोरा स्टेडियममा हुने हरितालिका तीज महोत्सव २०२२ को भव्य कार्यक्रममा सम्मानित गर्ने जानकारी प्रेम छेत्रीले दिए। प्रेम छेत्रीले भने, ‘पुरस्कार विजेताहरुको चयन पाँच सदस्यीय निर्णायक मण्डलीको अथक प्रयासले सम्पन्न भयोl’ कविता प्रतियोगिता दुई चरणमा भएको थियो प्रथम चरण १५ वर्षसम्मको प्रथम पुरस्कार विजेता कृपा गजमेर भए भने १५-२५ को प्रथम पुरस्कार विजेता आरती भएकी थिइन्। ट्रस्टकी महासचिव श्रीमती अनिता छेत्रीले तालकटोरा स्टेडियममा ३० अगस्तमा हुने हरितालिका तीज महोत्सव-२०२२ कार्यक्रमका लागि राष्ट्रिय संयोजिका श्रीमती नवमी खाती एवं मीडिया प्रभारीको रूपमा दया प्रकाशलाई जिम्मेवारी दिइएको साथै अन्य समिति सदस्यको पनि घोषणा गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement